Tuesday, February 8, 2011

पशुबलि पाखण्ड

दशैं हो यो चाड हाम्रो पर्व नेपालीको
शुभइच्छा आदान प्रदान दिन मिलनको ।

यस्तो शुभ साइतलाई रगतले पोत्छौ
आमा खुशी पार्ने निहुमा अर्को सन्तान ढाल्छौ ।
निर्दोष सोझालाई देखी नसहने
सोझोपनको उपहास लाई धर्म ठान्ने ?
धर्म होइन पशुवलि घोरतम् पाखण्ड
विवेक कसरी भयो यस्तो खण्ड खण्ड ।

आफूलाई सवैभन्दा प्यारो को हो सम्झ
आफ्नै ज्यान प्यारो लाग्छ हो कि होइन बुझ ।
उस्लाइ नि प्यारो होला उस्को आफ्नो ज्यान
यति पनि बुझ्दैनौ त बुद्धि छ कि छैन
वलि दिइ पशुलाई स्वर्ग पठाउछौ रे
आफ्नै छोरो सँग सोध – जान्छु भन्छ रे ?

पूजा त हो आफूलाई गर्नु समर्पण
अहं मम तोड्नलाई वढाउन धर्म
जस्तो विउ रापिन्छ हो उस्तै फल खान्छ
प्रकृतिको साधा नियम जटील किन लाग्छ ?
हिंसाको संस्कार रोप्ने होइन बुझौं
मैत्री र करुणाको सन्देश लौ बाँडौं ।

मिति २०६७ असोज २३ शनिवार (२०१० अक्टोवर, ९)

No comments:

Post a Comment