Wednesday, February 9, 2011

साबुनको फोका


चिल्लो वृत त्यो, मन मोहक छ
दृष्टि हटेन, त्यसमै अडेछ
वहन लागे वृत हावा सँगै
म र मेरो मन खिच्दै खिच्दै

प्रेम भयो मेरो चैन भएन
पाइला सरेको चालै पाएन
सव छोडी पर त्यसकै लागि
वृत मोहक त्यो पाउनका लागि

उफ्री झम्टेँ आफ्नो वनाउन
पट्ट फुटेछ विलिन भएछ
चस्स भयो अहो भित्रै भित्र
आँसु वलिन्द्र धारा वगेछ ।

सुन्दर लाग्यो मन टाँस्सियो
तृष्णाको बल झन कस्सियो
त्यो फुट्यो तर तृष्णा रहिगो
मन रोयो झन जलन वढिगो

२६ माघ २०६७ बुधबार Tuesday, February 8, 2011

No comments:

Post a Comment