Wednesday, September 22, 2010

सहकारी स्वागत

यो देश नेपाल मेरो गौरव
यो समुदाय मेरो पहिचान
हामी सवै एकजुट छौं सहकारी अभियानमा
स्वागत गर्छौं स्वागत गर्छौं
स्वागत छ यो शुअवसरमा

सीप कला छ अव पूँजी छ
आँट थिएन, अव जागेछ
हिड्नु छ अगाडी पाइला पछ्याई
दृढ भएर लक्ष समाइ
स्वागत ......... स्वागत छ यो सहयात्रामा

पौरख गर्छौं गरिवी हटाउन
सिक्छु सिकाउँछु इलम विज्ञान
आजिविका म सही मात्र गरुँ
गर्न सकुँ म सवको सेवा
स्वागत ...........स्वागत छ यो अभियानमा

एकका लागि हामी सवै छौ
डर छैन अव कसैलाई केही
दिगो विकासको मर्म नछोडी
हामी नै गर्छौ हाम्रो विकास
स्वागत .......स्वागत छ यो अभ्यासमा

२६ जुलाइ २०१०, पाटन
दीपावती वचत तथा ऋण सहकारी संस्था लि.को १२ औ साधारण सभाको लागि