Sunday, March 30, 2014

म बेग्लै किसिमको मान्छे


दिपेश किशोर भट्टराई

म बेग्लै किसिमको मान्छे 
सवै सँग मिल्न नसक्ने 
पानी झै हरेक रँगमा – २
हो ऽ ऽ ऽ  घुल्न नसक्ने
म बेग्लै किसिमको मान्छे 

म मनमा खुसी नहुँदा 
फगत मुखमा हाँसो छर्दिन
म दुनियाँ रमाउँछ भनेर 
आफुलाई वदल्न सक्दिन
म जे छु त्यहिं नै म हुँ
म तिमि हुन नसक्ने 
पानी झै हरेक रँगमा – २
हो ऽ ऽ ऽ  घुल्न नसक्ने
म बेग्लै किसिमको मान्छे 

म सवको आँखामा वसेर
सवलाई रिझाउन सक्दिन
म आफ्नो आँखामा खसेर 
आफुलाई विझाउन सक्दिन
म आफ्नाे आँखामा जहाँ छु। 
तिम्रो आँखाले देख्न नसक्ने 
पानी झै हरेक रँगमा – २
हो ऽ ऽ ऽ  घुल्न नसक्ने
म बेग्लै किसिमको मान्छे