Sunday, July 8, 2018

जानु छ एक दिन सबले छोडेर

जानु छ एक दिन सबले छोडेर ।
कर्मफलको झोली बोकेर ।

ब्रम्हाण्डको अन्धकारले झ्याम्मै तिमीलार्इ छोप्छ ।
राम सम्झ, राम सम्झ कानमा कोहि बोल्छ ।
उडी जान्छ सब होस् हवास्, हरे शिव ।
त्यो बेलाको याद गर ।
जानु छ  .....

बाल्यकाल उरण्ठेउलो बनी बिते दिन ।
युवाबेला कमाइधमाइ भोग विलासमा लीन ।
बृद्धबेला अागन भो परदेश, हरे शिव ।
त्यो बेलाको याद गर ।
जानु छ ....

इन्द्रिय ग्लानि भर्इ मूढ हुनुपर्छ । ्
थुपारेको सम्पत्तिले कसलार्इ के नै गर्छ ।
सन्तान तिम्रा घिन-घिनउँछन्, हरे शिव
त्यो बेलाको याद गर ।
जानु छ ...

चित्त दुख्ने जहान परिवार सबै रून थाल्छन् ।
छर-छिमेकि बाँसमाथि शरीर कस्न लाग्छन् ।
अाउँछ दिन त्यो पक्के जीवनमा, हरे शिव ।
त्यो बेलाको याद गर ।
जानु छ ....