Saturday, February 12, 2011

हेर म फर्कें

तिमी सँग भेट्न फेरी हेर म फर्कें

साँचो माया लाउन फेरी हेर म फर्कें

नचिनेको रै छ मैले चोखो माया तिमी भित्र
चालपाइ मोडें बाटो हेर म फर्कें

दोष जति सवै तिम्रो भनि थोपारेँ
भविष्य अँध्यारो देखेँ उज्यालो खोजेँ
टाढाको जुन राम्रो देखेँ उतै हानिएँ
हिड्दा हिड्दा प्रातः भयो अनि चाल पाएँ ।

क्षीण भए बल सवै तिमीलाई सम्झेँ
न्यानो माया सितल छाँया सम्झेर रोएँ
आफ्नो माटो आफ्नो तिमी मैले के दिएँ
आफूलाई चिराग बाल्न हेर म फर्कें

तिमी सँग भेट्न फेरी हेर म फर्कें
साँचो माया लाउन फेरी हेर म फर्कें

Published in http://www.mysansar.com/archives/2011/02/id/17156/goingback

No comments:

Post a Comment