Monday, February 14, 2011

प्रेम अर्थको खोजी



प्रेम चाहनु मात्र होइन
प्रेम पाउनु मात्र नि होइन
न त प्रेम गुमाउनु मात्र हो

कि प्रेम तृष्णा हो त ?
जसले जलन बढाउँछ ।
कि प्रेम त्रास हो ?
जसले मिलनतिर धकेल्छ
विछोडलाई पर्खन

के प्रेम वन्धन हो त ?
स्वतन्त्रतालाई कैद गर्ने
वा त्यो वहाना हो ?
आफूलाई विर्सिने

मेरो बुझाइ प्रेमको अर्थ
क्षण क्षणमा वदलिरहेछ ।
शब्दमा कोर्ने धृष्टता मेरो
के यो सम्भव होला र ?

वन्धन, त्यसैमा अडेको समर्पण
समर्पणको उपज निस्वार्थता
निस्वार्थतामा अडेको सुख
त्यहिं सुखानुभवको भोको म
त्यसको जननी प्रेम हो सम्झिन्छु ।

फेरी बुझाइ फिर्ने हो कि ?
नविन बुझाइको पर्खाइमा छु ।
जीवन - यो अर्थ बुझ्ने स्कूलमा
प्रेमको अर्थ खोजी रहेको छु ।
प्रेममा आफ्नो अर्थ खोजी रहेको छु ।
आफुमा प्रेमको अर्थ खोजी रहेको छु ।

२०६७ फागुन २ सोमवार (Feb 14, 2011)
Trondheim, Norway
Published in Mysansar.com

No comments:

Post a Comment