Sunday, October 14, 2012

निरोग पथ (उ आ वि वि गीत)



मनपरी खाने कोची कोची खाने, जिंग्रिङ्ग मोटाउने
सुगर प्रेशर मुटुको रोग के के ले हो खाने
आउन साथी उपाय सिकौं मोटापन घटाउने

उचित आहार विहार विचार पालना जो गर्छ
रोगले छुँदैन, रोगीको रोग निर्मूल नै हुन्छ
आउन साथी उपाय सिकौं निरोग आनन्द

एक भाग अन्न एक भाग तरकारी उत्तिकै सलाद
हप्तामा एक किलो सजिलै घट्छ नमान न पीर
आउन साथी उपाय सिकौं उचित आहार

ब्यायाम गर्नु, ढाड सीधा राख्नु, नियमित पानी पिउनु
काम र आराम पर्याप्त निन्द्रा सन्तुलन राख्नु
आउन साथी उपाय सिकौं उचित विहार

राम्रो नराम्रो मिठो नमिठो मनको हो खेल
सत्य नबुझी गरेको कर्म दुःखको हो झेल
आउन साथी उपाय सिकौं उचित विचार

उचित आहार विहार विचार पालना जो गर्छ
रोगले छुँदैन, रोगीको रोग निर्मूल नै हुन्छ
आउन साथी उपाय सिकौं निरोग आनन्द


No comments:

Post a Comment