Wednesday, September 30, 2015

तिमिले त होइन - बच्चु कैलाश

तिमिले त होइन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि होइन मेरा आँखाहरुले
तिम्रो लागि रोइसकेछन्

त्यसै त्यसै कस्तो गाढा माया वसेको
धुुँदा पनि जाँदै नजाने
माया भन्ने यस्तै हो की मलाई मात्रै यस्तो
रुँदा पनि जाँदै नजाने

एकोहोरो माया हो की के भनेर सोधु
मलाई  पीर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा विपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि ।


ORIGINAL

COVER BY AXATA



COVER BY 
Priyanka Karki


No comments:

Post a Comment