Sunday, February 20, 2011

पूर्णेको जुन तिमी किन यति छोटो


शीतल शशी त्यो जुनेली रातमा, जलन कति अहो तिम्रो यादमा
प्रेम असिमित मेरो यो मनमा, कसरी बुझाउँ म तिम्रो त्यो दिलमा

मैले छोडी सकेँ सव इच्छाहरु, सारा छनौट अनि मन आकांक्षा
आफूलाई दाह गर्न म तत्पर, हर्षित हुन्छु म तिम्रो खुसीमा

तिम्रो लागि मेरो सारा जीवन, सुम्पिदिएको किन बुझ्दैनौं
उदास छायो जव औशी फेरी, ढाक्न आयो त्यो कालो रातमा

जलन आगोमा म भष्म हुँदैछु, तारन आफ्नो कोही देख्दिन
कुद्दा कुद्दै सुखशान्तिको पछि, शुन्य आखिरमा परिएछ हातमा

जीवनगंगामा छाल त आउँछन्, औशी आइ पुनः जून झुल्किन्छन्
जीवन एक्लो जीउने भए त, सायद छाल नि आउला नआउला

तिम्रो उदासी सारा असहजता, मेरै कारण ठान्छौ हो थाहा छ ।
गर्न नपुग त भएकै होला नि, आखिर निरिह मान्छे न हुँ म ।

पूर्णेको जुन तिमी किन यति छोटो, दुइ दिन नपुग्दै औशीले खेद्छ
खुसीका दिन कति नै नवित्दै, उदासीको कुहिरोले किन यसो छोप्छ ।

जन्मोत्सव जति मनाउदै गएँ, पाको आफूलाई ठान्न म थालेँ
तिम्रा गलौचको तीरले लाग्दा, कच्चो झन कच्चो पो त पाएँ ।

यस्ता पीडा अनेकन माथी, समयको मलम ओखटी दलेर
विर्सिन अलि के मैले खाजेको, औशी तिमी फेरी आयौ कोट्याउन

जीवन चोला यो बुझ्न खोजियो, बुझ्यो नै जस्तो नि कति सम्झिइयो
फेरी सानो वा ठूलो त्यो झोँका, आँधी वनेर त्यहाँ चिसो छोडिगो

बुद्धिले चिन्यो भनेको त्यो सत्य, कैद रहेछ अझ अविद्याको खोलमा
अनित्य अनात्मको जति भजन गरेनि दुखेको त्यो मनलाई बुझाउन सकेन

दुर्जनको गालीले मलाइ, लोभ र तृष्णाको आगोले मलाई
छुन तड्पाउन गाह्रो छ हेर, किनकि तिनीहरुका लागि म साह्रो छु

तर तिम्रा ती दुइ शब्दका तीर आइ जव रोप्छ यो मनमा
कवच मेरो सव सिथिल भएर, पीडाले छट्पटिन पुग्दछु ।

कवच वलियो मेरो वनाउँ कि, तीर तिमीबाट वन्द गरौं ।
थाहा छ तीर ती उपज हुन तिम्रा, आफ्ना उदासी र पीडाहरुको

वरु ती तिम्रा पीडा हटाउन, आफूलाई पूर्ण समर्पण गर्छु ।
तिम्रो खुसी नै मात्र मेरौ खुसी, तिम्रो लागि म जति पनि मर्छु ।


यो कवितालाइ भोट दिन तल दिइएको लिंक मार्फत MY SANSAR >


No comments:

Post a Comment