प्रकृतिलाई आमा भनी पूज्ने गर्थे उहिले उहिले
डर उनको, गुण उनको सम्झी सम्झी भज्थे उहिले
समय फिरे, फिर्दै गए, सुल्टोहरु उल्टा भए
को ले सिकाएछ अहिले, भोग्ने मात्र उनलाई हो रे ।
हरे बाग्मतीको दशा, ढल हो कि यो हर हर गंगे
युगौंको यो सभ्यताको, फाल्यो इज्जत यो पिंढीले
उता जस्तो फोहर थियो प्रतिविम्व त्यहीं उत्रे ।
राजनीति र समाजको यो अवस्था त ऐना हो रे
चट्याङ जस्तै बाग्मतीलाइ रिस पनि त उठ्ला कहिले ।
अनि मात्रै गंगे भन्दै दुवुल्कीन पाउँला मैले
उत्प्रेरणाः सुदिप हाडाको 'प्रतापपुर चट्याङ'
थेग्न गाह्रो भो प्रकृतिलाई पनि यो अप्रकाशको स्थिति
सक्षम होऔं ग्रहण गर्न निमेषको यो ज्योतिको अनुभूति
अनन्तकालदेखि निद्रामा लीन स्वयम्भूलाई
ब्युताउँनकै लागि आगमन हो चट्याङको यो उपस्थिति |
No comments:
Post a Comment